Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकको निर्देशन: कर्मचारीको समूह विभाजन गरी घरबाटै काम गर्ने व्यवस्था मिलाउनू

राष्ट्र बैंकको निर्देशन: कर्मचारीको समूह विभाजन गरी घरबाटै काम गर्ने व्यवस्था मिलाउनू

  • आइतवार, श्रावण २५ २०७७

  • 550
    SHARES

  • राष्ट्र बैंकको निर्देशन: कर्मचारीको समूह विभाजन गरी घरबाटै काम गर्ने व्यवस्था मिलाउनू

    काठमाडाैँ ।  कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षासम्वन्धी मापदण्ड अपनाउन निर्देशन दिएको छ।

    सार्वजनिक तथा निजी सवारीसाधनमा जोर, बिजोर प्रणाली लागू गरिएकाले कर्मचारीको समूह विभाजन गरी आलोपालो प्रणालीमा कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सेवा प्रवाहको निरन्तरताका लागि बिजनेस ‘कन्टिन्यूटी प्लान’ तयार गर्न पनि बैंकहरुलाई राष्ट्र बैंकले भनेको छ।

    देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा जारी रहेकाले विशेष परिस्थितिलाई मध्यनजर गर्दै ‘वर्क फ्रम होम’ व्यवस्था मिलाई कार्यसम्पादनमा जोड दिन बैंकहरुलाई निर्देशन दिइएको छ।

    ‘न्यूनतम कर्मचारीबाटै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्ने तथा वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरु सोही बमोजिम सूचना जारी गरी वैकल्पिक रुपमा आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन’ राष्ट्र बैंकले भनेको छ।

    सेवा सुचारु नगरिएका शाखाको विवरण राष्ट्र बैंकमा बुझाउन र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न बैंकहरुलाई भनिएको छ।


    आइतवार, श्रावण २५ २०७७०५:४२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij