संखुवासभा । संखुवासभास्थित अरुण नदीमाथि लगाइएको बेलिब्रिज भाँचिदा तीनवटा ट्रक नदीमा खसेका छन् । जिल्लाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको हो । मकालु–५ को नुम र वडा नम्बर–१ वालुङ जोड्ने अरुण नदीमाथि हालिएको बेलिब्रिज हिजो दिउँसो भाँचिँदा तीनवटा ट्रक अरुण नदीमा खसेका हुन् ।
पुलको मध्यभागबाट भाँचिएपछि तीनवटै ट्रक नदीको बीचमा खसेका छन् । दुर्घटनापछि चालक र सहचालकलाई स्थानीयले उद्धार गरेका छन् । निर्माण सामग्री बाकेको ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिनुभयो ।
बेलिब्रिज भाँचिँदा इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री बोकेका तीनवटा अरुण नदीमा खसेका हुन् । बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको क्षमता भन्दा बढी सामान बोकेर तीनवटा ट्रक तार्ने क्रममा दुर्घटनामा भएको कार्यपालिका सदस्य याम्फुले जानकारी दिनुभयो ।