काठमाडौँ । आजदेखि कम्तिमा ३ दिन कतै वर्षा, हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहने छ ।
महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ भने राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
यस्तै, आइतबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सफा रहने छ, भने राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
सोमबार दिउँसो पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । राति भने प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।