Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

६ महिनामा कोरोना रोकथाममा झण्डै १० अर्ब खर्च भयो : अर्थ मन्त्रालय

६ महिनामा कोरोना रोकथाममा झण्डै १० अर्ब खर्च भयो : अर्थ मन्त्रालय

  • शुक्रवार, माघ २८ २०७८

  • 715
    SHARES

  • ६ महिनामा कोरोना रोकथाममा झण्डै १० अर्ब खर्च भयो  : अर्थ मन्त्रालय

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिना (साउन–पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको छ ।

    यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । ७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

    मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च गरेको तथ्यांक छ ।

    सो आवमा प्रदेशले २ अर्ब २८ करोड ४७ लाख र स्थानीय सरकारले २९ करोड ७८ रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।


    शुक्रवार, माघ २८ २०७८०१:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij