काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको छ थियो ।
तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएको छ ।