Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दाङको एक चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु

दाङको एक चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु

  • शुक्रवार, माघ २८ २०७८

  • 435
    SHARES

  • दाङको एक चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु

    काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइन स्थित एक चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान २ बजेतिर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार आगलागी परी मृत्यु हुनेहरुमा १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली र पाँच वर्षीय अबिददिन अलि रहेका छन् । आगो नियन्त्रणमा आएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । आगलागी हुँदा तेस्रो तलामा रहेका उनीहरुको निसास्एिर मृत्यु भएको प्रहरीको अनुमान छ ।

    इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको हो । विद्युतको मिटर पड्किदा आगलागी भएको प्रहरीले बताएको छ । बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो ।


    शुक्रवार, माघ २८ २०७८०८:३६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij