Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१२ जनाको मृत्यु, थप १ हजार ३६९ जनामा कोरोना संक्रमण

१२ जनाको मृत्यु, थप १ हजार ३६९ जनामा कोरोना संक्रमण

  • बिहिवार, माघ २७ २०७८

  • 612
    SHARES

  • १२ जनाको मृत्यु, थप १ हजार ३६९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा २२३८ जना कोरोना संक्रमणमुक्त बनेका छन् ।  यसैगरी बितेको २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८६४ जना पुगेको छ । यसैगरी हालसम्म कुल संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७१ हजार ४७५ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ५११ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ३० हजार ६०७ जना निको भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमित २९ हजार ४ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


    बिहिवार, माघ २७ २०७८०५:१८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij