Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ललितपुरमा ट्याक्सीभित्र चालक मृत फेला

ललितपुरमा ट्याक्सीभित्र चालक मृत फेला

  • बिहिवार, माघ २७ २०७८

  • 380
    SHARES

  • ललितपुरमा ट्याक्सीभित्र चालक मृत फेला

    काठमाडौं – ललितपुरको लेलेमा ट्याक्सीभित्र चालक मृतावस्थामा फेला परेका छन् । बिहीबार बिहान पौने ११ बजेको समयमा बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

    गोदावरी नगरपालिका–५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेको राखिएको बम्जनकै ट्याक्सीभित्र उनी मृतावस्थामा फेला परेका थिए । ट्याक्सीभित्र शव भेटिएपछि स्थानीयले गरेको खबरको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट घटनास्थलमा प्रहरी पुगेको थियो ।

    प्रहरीले ट्याक्सी बाहिर विषको बट्टा भेटिएको छ भने हाल प्रहरी निरीक्षक राजेन्द्र थापाको कमाण्डमा ५ जनाको टोली खटिएर अनुसन्धान सुरु गरिएको पोखरेलले जानकारी दिए ।


    बिहिवार, माघ २७ २०७८०३:०८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij