Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : तीन वटा प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना

आजको मौसम : तीन वटा प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना

  • बिहिवार, माघ २७ २०७८

  • 486
    SHARES

  • आजको मौसम : तीन वटा प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना

    काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बाँकी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्यत्र आंशिक बदलीसँगै मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै, आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हालैको वर्षा तथा हिमपातका कारण देशभर चिसो बढेकोले भन्दै बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।


    बिहिवार, माघ २७ २०७८०७:१०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij