Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारसँग १३ बुँदे सहमति भएपछि ‘इनफ इज इनफ’ अभियन्ताले तोडे अनशन

सरकारसँग १३ बुँदे सहमति भएपछि ‘इनफ इज इनफ’ अभियन्ताले तोडे अनशन

  • आइतवार, श्रावण २५ २०७७

  • 529
    SHARES

  • सरकारसँग १३ बुँदे सहमति भएपछि ‘इनफ इज इनफ’ अभियन्ताले तोडे अनशन

    काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका अनसनरत अभियन्ताहरुले २३ दिन पछि आज(आइतबार) अनशन तोडेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवत्ता डा.समीर अधिकारीले जलपान गराई अनशन तोडाउनु भएको हो ।

    शनिबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र अनसन बसेका अभियन्ताकाबीच शनिबार १३ बुँदे सहमति भएको हो ।

    सहमतिमा सरकार र अनसनरत युवाबीच संक्रमण पत्ता लगाउन प्रयोगशालामा पिसिआर विधि प्रयोग गर्ने, परीक्षण बढाउनका लागि प्रयोगशाला सामग्री, र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्ने, परीक्षणको नतिजा जतिसक्यो चाँडै उपलब्ध गराउनेलगायतका छन् ।

    यस अघि असार २२ गते १२ बुँदे सहमति भएपनि कार्यान्वयन नभएको भन्दै अभियन्ताहरुले साउन ३ गतेबाट दोस्रो चरणको सत्याग्रह थालेका थिए ।

    यस पटकको सहमति कार्यान्वयन हुनेमा आशावादी रहेको सत्याग्राहीले बताएका छन् । सरकारले पनि अनशनरत पक्षको मागलाई पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।


    आइतवार, श्रावण २५ २०७७०२:३४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij