Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाल संगठनको जग्गामा केयूले गैरकानुनी रुपमा भवन बनाएको आरोप

बाल संगठनको जग्गामा केयूले गैरकानुनी रुपमा भवन बनाएको आरोप

  • सोमवार, माघ २४ २०७८

  • 404
    SHARES

  • बाल संगठनको जग्गामा केयूले गैरकानुनी रुपमा भवन बनाएको आरोप

    काठमाडौं। काठमाडौं विश्वविद्यालय धुलिखेलले पाँचखालमा बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको बाल संगठनले जनाएको छ ।

    विश्विद्यालयले पाँचखाल नगरपालिकास्थित बाल संगठनको पाँच रोपनी जग्गामध्ये कित्ता नम्बर १०, ११, १२ र १३ मा गैर कानुनी रुपमा काठमाडौं विश्वविद्यालयले भवन बनाएको बाल संगठनकी अध्यक्ष विद्या उपाध्यय न्यौपानेले जानकारी दिइन् ।

    पाँचखालको बाल संगठनका निमित्त केन्द्र प्रमुख राजभक्त श्रेष्ठले करिब दुई महिनाअघि बाल संगठन केन्द्र नक्साललाई नगरपालिकाले ट्रष्ट बनाउन लागेको जानकारी गराएका थिए । तर संगठनले निमित्त केन्द्र प्रमुखलाई रोक्न अनुरोध गर्दा पनि निर्माण नरोकिएपछि अध्यक्ष न्‍यौपाने नगर प्रमुखलाई भेट्न नगरपालिकामा जाँदासमेत मेयर सम्पर्कमा नआएको जिकिर छ ।

    यता, काठमाडौं विश्वविद्यालयले भने पाँच खाल मेयरले सार्वजनिक जग्गा भएकोले १० वर्ष चलाउनु भनेर दिएको बाल संगठनसँग जिकिर गर्दै आएको छ ।

    पाँचखाल नगर प्रमुखले मौखिक अनुरोध बेवास्ता गरेपछि पाँच खाल बाल संगठनका निमित्त केन्द्र प्रमुख श्रेष्ठले फोटो पत्राचार गरी निर्माण रोक्न अनुरोध गरे ।

    दोस्रो पटक छलफलका लागि प्रयास गर्दा पनि समय नदिएपछि जिल्ला प्रशासनलाई बोधार्थ दिएर नगर प्रमुखलाई पत्र दर्ता गरेर बाल संगठन केन्द्रीय कार्यलयले जिल्ला प्रशासन प्रमुखसँग बैठक राखेको बाल संगठनको भनाइ छ।

    काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा र काठमाडौं स्कुल अफ इन्जिनियरिङका डीन प्रा।मनिष पोख्रेलले पटक–पटक छलफलमा आउने र बसेर समस्याको समाधान गर्ने मौखिक सहमति गरे पनि नआएको संगठनकी अध्‍यक्ष न्‍यौपानेले बताइन् ।

    सरस्वती पूजामा विश्वविद्यालयको गृह प्रवेशको कार्यक्रम सामाजिक सञ्जालमा देखेर फोन गरेपछि छलफलका लागि आउने काठमाडौं स्कुल अफ इन्जिनियरिङका डीन प्रा।मनिष पोख्रेलले आश्‍वासन दिएको उनले बताइन् ।

    विश्वविद्यालयले आइतबार सरस्वती पूजाको अवसर पारेर बाल संगठनको जग्गामा स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साईन्सको नवनिर्मित भवनमा गृह प्रवेश गरेको छ ।

     


    सोमवार, माघ २४ २०७८०१:५२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij