Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली

आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली

  • सोमवार, माघ २४ २०७८

  • 705
    SHARES

  • आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली

    काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

    प्रदेश १ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । भोलि पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

    बुधबार भने सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    सोमवार, माघ २४ २०७८०६:३०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij