Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अब विदेशमा दूतावासबाटै नेपाली ई–पासपोर्ट पाइने

अब विदेशमा दूतावासबाटै नेपाली ई–पासपोर्ट पाइने

  • आइतवार, माघ २३ २०७८

  • 795
    SHARES

  • अब विदेशमा दूतावासबाटै नेपाली ई–पासपोर्ट पाइने

    काठमाडौं – विदेशस्थित नेपाली नियोगबाट अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बनाउन पाइने भएको छ । राहदानी विभागका अनुसार आइतवार कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई–पासपोर्ट सफलतापूर्वक उत्पादन भएको हो ।

    विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागले जनाएको छ ।

    विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले आइतवारबाटै बुकिङ खुला गरेको छ । शुरूको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको बताइएको छ ।

    विभागका अनुसार अन्य खाडी मुलुकहरू र मलेशियामा रहेका नेपाली नियोगहरूमा विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरू पठाइसकिएको छ । उक्त सामानहरू जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा शुरुआत हुने विभागले जनाएको छ ।

    त्यस्तै यी बाहेकका अन्य मुलुकहरूमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ता भित्र सेवा सञ्चालनमा आउने विभागको भनाइ छ ।

    नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरू भइसकेको छ ।

    अन्य जिल्लाहरूमा तीन वटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदानको काम भइरहेको विभागको भनाइ छ ।


    आइतवार, माघ २३ २०७८०५:३३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij