Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निजि सवारी साधनमा लागु जोर विजोर हटाउन सिफारिस, रात्रिकालिन व्यवसाय पनि खुल्ने

निजि सवारी साधनमा लागु जोर विजोर हटाउन सिफारिस, रात्रिकालिन व्यवसाय पनि खुल्ने

  • आइतवार, माघ २३ २०७८

  • 476
    SHARES

  • निजि सवारी साधनमा लागु जोर विजोर हटाउन सिफारिस, रात्रिकालिन व्यवसाय पनि खुल्ने

    काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी काठमाडौं उपत्यकामा सवारी साधनमा लागु भएको जोर विजोर प्रणाली हट्ने भएको छ ।

    आज जोरबिजोर प्रणाली र रात्रिकालिन व्यवसाय सञ्चालनको विषयमा छलफल गर्न तीन प्रमुख जिल्ला प्रमुखहरुको बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

    रिजालले सिसिएमसीले सिफारिस गरेको अनुसार आजको बैठकमा रात्रिकालिन व्यवसाय खुलाउने विषयमा पनि छलफल गर्ने बताए ।

    बैठकमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका सिडिओहरू सहभागी भई नयाँ आदेश जारी गर्ने भएका छन् । बैठक केहि बेरमा आज बस्दैछ ।

    सिसिएमसीले निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन र रात्रिकालिन व्यवसाय सञ्चालन गर्न सिफारिस गरेको छ। यसैगरी, फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिन पनि सिफारिस गरेको हो।


    आइतवार, माघ २३ २०७८०५:०७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij