Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि देशभरको मौसम सफा रहने

आजदेखि देशभरको मौसम सफा रहने

  • आइतवार, माघ २३ २०७८

  • 1.1K
    SHARES

  • आजदेखि देशभरको मौसम सफा रहने

    काठमाडौं । आज आइतबारदिउँसो देशभरको मौसम सफा रहने छ ।

    हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ। सामान्य बदली रहने महाशाखाको भनाइ छ।

    आज राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

    हालैको वर्षा तथा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।


    आइतवार, माघ २३ २०७८०६:५६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij