Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

डम्बर अवस्थी हत्या प्रकरणमा थप दुई शिक्षक पक्राउ

डम्बर अवस्थी हत्या प्रकरणमा थप दुई शिक्षक पक्राउ

  • शनिवार, माघ २२ २०७८

  • 576
    SHARES

  • डम्बर अवस्थी हत्या प्रकरणमा थप दुई शिक्षक पक्राउ

    काठमाडैं – बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

    गाउँको एक विद्यालयका शिक्षक समेत रहेका रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । अदालतबाट म्याद थपेर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो ।

    यसअघि डम्मरको हत्यामा संलग्न हरिश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरू दुवैजनाले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    गएको मंसिर १५ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।

    हरिशले देखाएको स्थानका आधारमा डम्बरको शव, गाडेको अवस्थामा फेला गरेको हो । त्यसअघि हरिशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटकसमेत गरेका थिए । मृतक डम्बर विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् ।


    शनिवार, माघ २२ २०७८०३:४४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij