Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बन्द शैक्षिक संस्थाहरु पुनः सञ्चालनबारे गृहकार्य सुरु

बन्द शैक्षिक संस्थाहरु पुनः सञ्चालनबारे गृहकार्य सुरु

  • शनिवार, माघ २२ २०७८

  • 627
    SHARES

  • बन्द शैक्षिक संस्थाहरु पुनः सञ्चालनबारे गृहकार्य सुरु

    काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द भएका शैक्षिक संस्थाहरु पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ ।

    शैक्षिक संस्थाहरुसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणका विषयमा कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी)ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा सो गृहकार्य भएको हो ।

    प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।

    सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासङ्घका अध्यक्षा कमला तुलाधर लगायतको सहभागिता थियो ।

    नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आधारमा आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सिसिएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिनु भएको छ ।

    यही माघ २५ गतेसम्म कोभिड विरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ ।


    शनिवार, माघ २२ २०७८०१:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij