Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

  • शनिवार, माघ २२ २०७८

  • 936
    SHARES

  • बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु

    प्युठान - प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृतक पहिचान खुल्न सकेकाे छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

    जीप खाेल्सामा खसेकाे थियाे । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।


    शनिवार, माघ २२ २०७८०८:००:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij