Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अवैध सुन र मोबाइलसहित विमानस्थलबाट तीन जना पक्राउ

अवैध सुन र मोबाइलसहित विमानस्थलबाट तीन जना पक्राउ

  • बिहिवार, माघ २० २०७८

  • 693
    SHARES

  • अवैध सुन र मोबाइलसहित विमानस्थलबाट तीन जना पक्राउ

    काठमाडौं। प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी–७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।

    हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो ।

    प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ ।

    यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


    बिहिवार, माघ २० २०७८०३:१२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij