Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

मेनपावर व्यवसायीको कुटपिटप्रति अनलाइन टीभी पत्रकार संघको आपत्ति, दोषीलाई कारबाही गर्न माग

मेनपावर व्यवसायीको कुटपिटप्रति अनलाइन टीभी पत्रकार संघको आपत्ति, दोषीलाई कारबाही गर्न माग

  • बुधवार, माघ १९ २०७८

  • 573
    SHARES

  • मेनपावर व्यवसायीको कुटपिटप्रति अनलाइन टीभी पत्रकार संघको आपत्ति, दोषीलाई कारबाही गर्न माग

    काठमाडौँ । काठमाडौँको सामाखुसीस्थीत ट्रिपल स्टार मेनपावरमा हिजो मंगलबार सञ्चारकर्मीहरूमाथि भएको कुटपिटको घटनाप्रति अनलाइन टीभी पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    संघले अन्यायका विरुद्धमा आवाज उठाइदिनु, सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु सञ्चार माध्यमको प्रमुख धर्म भएको स्मरण गराउँदै संघले त्यही धर्म निभाउँदा प्रक्रिया र तरिका नमिलेमा कानुनी उपचारको बाटो हुँदाहुँदै भौतिक आक्रमणमा उत्रिनु कुनैपनि हालतमा सही मान्न नसकिने उल्लेख गरेको छ ।

    संघका महासचिव पवन फुयालले बुधबार वक्तव्य प्रकाशित गदै मेनपावर व्यवसायी र उनका समर्थकहरूले सञ्चारकर्मी र मेनपावर व्यवसायीबाट पीडितहरूमाथि गरेको कुटपिट अत्यन्त निन्दनीय भएको जनाएको छ । वक्तव्यमा लेखिएको छ, 'घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न र पीडितहरूलाई क्षतिपुर्तिको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौँ ।'

    घटनाका बारेमा अध्ययन गरी दोषीलाई कारबाही गराउन, पीडितलाई क्षतिपुर्ति दिलाउन र आवश्यक कार्य गर्नका लागि संघका उपाध्यक्ष कुशलव केसीको संयोजकत्वमा संघको टोली खटिएको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

    संघले कुटपिटबाट घाइते भएका ३४ वर्षीय दीपेशराज पाण्डे, ४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवालाहरूसँग माग गर्दै यस्ता घटनाको सामनाका लागि एकजुट हुन पनि संघले यस क्षेत्रमा क्रियाशील सबै सञ्चारकर्मी अनुरोध गरेको छ ।


    बुधवार, माघ १९ २०७८०४:५२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij