Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने, कुन विषयको कहिले ? [तालिकासहित]

सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने, कुन विषयको कहिले ? [तालिकासहित]

  • बुधवार, माघ १९ २०७८

  • 745
    SHARES

  • सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने, कुन विषयको कहिले ? [तालिकासहित]

    काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

    परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सार्वजनिक गरेको छ ।

    साथै डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरु प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

    परिषद् नियन्त्रण कार्यलयले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गतको परीक्षा फागुन ८ गतेदेखि हुने जनाएको छ ।

    परिषद्को अनुसार परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन हुनेछ ।

    कोभिड १९ संक्रमण दर तीव्र रुपमा फैलिन थालेपछि माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा, २२ गते प्रि-डिप्लोमा तहको मौका परीक्षा र २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका कार्यक्रमको नियमित तथा पूरक परीक्षा स्थगित गरेको थियो ।

    हेर्नुहोस् तालिका


    बुधवार, माघ १९ २०७८१२:२५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij