Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी, कोरोनाविरुद्धको खोप गायव बनाएको आरोप

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी, कोरोनाविरुद्धको खोप गायव बनाएको आरोप

  • मंगलवार, माघ १८ २०७८

  • 819
    SHARES

  • स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी, कोरोनाविरुद्धको खोप गायव बनाएको आरोप

    काठमाडौं – एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।

    युवा संघले मन्त्री खतिवडाविरुद्ध मंगलबार उजुरी दर्ता गरेको हो । उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए ।

    मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्रिय युवा संघका सहसंयोजक सजिंवकुमार सुरज झाले जानकारी दिए ।

    मन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३,८,१७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचार संलग्न भएकाले कारवाही गर्न अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

     


    मंगलवार, माघ १८ २०७८०४:२३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij