Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शुक्रबार ४ बजेभित्र खोपको पूर्ण विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

शुक्रबार ४ बजेभित्र खोपको पूर्ण विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • सोमवार, माघ १७ २०७८

  • 1.0K
    SHARES

  • शुक्रबार ४ बजेभित्र खोपको पूर्ण विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । सरकारले शुक्रबार दिउँसो ४ बजेभित्र कोरोनाविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

    आइतबार बसेको मन्त्रिस्तरीय बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते दिउँसो ४ बजेभित्र विवरण उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको हो ।

    अभिलेख नराखी २४ लाख खोप हराएको समाचार बाहिरिएसँगै मन्त्रालयले कोभिड–१९विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । समितिले खोपको मौज्दात र लगाएकाहरूको विवरण अद्यावधिक गरी खोपको यथार्थ स्थिति सार्वजनिक गर्नेछ ।


    सोमवार, माघ १७ २०७८०५:०७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij