Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनशक्ति अभावले थन्किए आईसीयू र भेन्टिलेटर

जनशक्ति अभावले थन्किए आईसीयू र भेन्टिलेटर

  • सोमवार, माघ १७ २०७८

  • 724
    SHARES

  • जनशक्ति अभावले थन्किए आईसीयू र भेन्टिलेटर

    म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) दक्ष जनशक्तिको अभावले प्रयोगमा आउन सकेको छैन । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्वसुलभ उपचारको व्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख रुपैयाँ खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको आईसीयू कक्ष स्थापना गरेको थियो ।

    ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्‍याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने बिपन्नले ज्यान गुमाउनुपर्ने दुःखद अवस्था रहेको स्थानीय खम थापाले बताउनुभयो ।

    दरबन्दी र जनशक्ति नहुँदा उपकरण भएपनि आइसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । आइसियू कक्ष सञ्चालन गर्न कम्तीमा चार जना मेडिकल अधिकृत, दश जना स्टाफ नर्स, दुई जना परामर्शदाता र चार जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो ।


    सोमवार, माघ १७ २०७८०९:१७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij