भैरहवा – घरको छतबाट खसेर रुपन्देहीको चार वर्षीय बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १ शिवलहवा निवासी ओमप्रकाश यादवका छोरा अजय यादवको घरको छतबाट खस्दा ज्यान गएको हो ।
एकतले घरको छतबाट खसेका अजयको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।