Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको पानी यसै वर्षभित्र उपत्यकामा वितरण गर्ने खानेपानी मन्त्री चौधरीको घोषणा

मेलम्चीको पानी यसै वर्षभित्र उपत्यकामा वितरण गर्ने खानेपानी मन्त्री चौधरीको घोषणा

  • आइतवार, माघ १६ २०७८

  • 398
    SHARES

  • मेलम्चीको पानी यसै वर्षभित्र उपत्यकामा वितरण गर्ने खानेपानी मन्त्री चौधरीको घोषणा

    काठमाडौं । खानेपानी मन्त्री उमाशंकर चौधरीले बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको बताएका छन् ।

    आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको र निर्माण कम्पनी हाल निर्माणस्थलमा परिचालित भई काम शुरु गरिसकेको बताएका हुन् ।

    सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनर्स्थापना गरी काठमाडौं उपत्यकाबासीलाई यस वर्षभित्र मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो ।

    बाढी पहिरोले आयोजनामा पुर्याएको क्षतिबारे स्थलगत अवलोकन, प्राविधिक तथा कानुनी राय परामर्श, निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियागत कारणले आयोजना पुननिर्माण गर्न केही विलम्ब हुन गएको भएतापनि आयोजना कार्यान्वयनलाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गरिने उनको प्रतिबद्धता थियो ।

    एसियाली विकास बैंक (एडीबी)ले मेलम्चीमा आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको मन्त्री चौधरीको भनाइ थियो । प्रतिवेदन प्राप्त भएपछि आवश्यक कार्यायोजना बनाइ कार्यान्वयन गरिने उनले बताए ।

    मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न मेलम्ची सव प्रोजेक्ट २ अन्तर्गत हाल मात्र १०० किलोमिटरको सर्ट रन टेस्ट सम्पन्न भएको मन्त्री चौधरीले बताए । हालसम्म जम्मा ३५० किलोमिटरको सर्ट रन टेस्ट पुरा भई पानी सञ्चालनको लागि तयारी पूरा भएको उनको दावी छ ।


    आइतवार, माघ १६ २०७८०३:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij