Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • आइतवार, माघ १६ २०७८

  • 1.4K
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं– आज आइतबार पनि देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

    पश्चिमी वायुको प्रभावले आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद् सजिना शाक्यले बताइन् ।

    यस्तै राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

    देशको उच्च पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको उनले जानकारी दिइन् ।

    पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले अहिले पनि पहाडी भूभागमा आंशिक बदली रही देशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएर बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

    सोमबार राति देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

    यसैगरी मंगलबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

    प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।


    आइतवार, माघ १६ २०७८०७:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij