Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

  • शुक्रवार, माघ १४ २०७८

  • 321
    SHARES

  • अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लागेको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो ।

    अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ । उक्त कार्य भए –नभएको भने वरिष्ठ अध्यागमन अधिकृतले अनुगमन गर्न र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने गरी सूचना जारी भएको छ ।

    अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र प्योग गर्न पाइने भएको छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नु पर्ने भएको छ ।

    प्रशासनले कर्मचारीलाई अफिसियल सिम र मोबाइलको व्यवस्था मिलाउने र अध्यागमन डेस्क अफिसरबाहेकका कर्मचारीले भने अध्यागमनको काम कारवाहीलाई नियमन गर्न व्यक्तिगत तथा सरकारी फोन प्रयोग गर्न सक्ने गरि निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ ।


    शुक्रवार, माघ १४ २०७८०४:३९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij