Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना विरुद्ध खोप कार्यक्रम: नेपालमा एक वर्ष पूरा, कतिले पाए खोप ?

कोरोना विरुद्ध खोप कार्यक्रम: नेपालमा एक वर्ष पूरा, कतिले पाए खोप ?

  • शुक्रवार, माघ १४ २०७८

  • 661
    SHARES

  • कोरोना विरुद्ध खोप कार्यक्रम: नेपालमा एक वर्ष पूरा, कतिले पाए खोप ?

    काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु गरेको एक वर्ष पूरा भएको छ । २०७७ माघ १४ गतेदेखि अग्रपङितमा खटिने स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु भएको थियो ।

    एक वर्षको अवधिमा नेपालमा कुल जनसंख्याको ४५.२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । सरकारले लक्षित गरेका १२ वर्षमाथिका नागरिकमध्ये १ करोड ३७ लाख ३४ हजार ३ सय ९० जनाले दुई डोज र १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ जनाले पहिलो डोज खोप लगाएका छन् ।

    त्यस्तै २ लाख ८२ हजार ७ सय २४ जनाले बुस्टर डोज खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यो एक वर्षको अवधिमा विभिन्न देशको अनुदान र सरकारले खरिद गरेको गरी जम्मा ४ करोड २० लाख ४९ हजार ६ सय ४० डोज खोप भित्रिएको छ ।


    शुक्रवार, माघ १४ २०७८०२:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij