Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

उड्डयन प्राधिकरणले ठोस कदम चाल्न नसक्दा १ अर्ब ८२ करोड बक्यौता उठाउन बाँकी

उड्डयन प्राधिकरणले ठोस कदम चाल्न नसक्दा १ अर्ब ८२ करोड बक्यौता उठाउन बाँकी

  • शुक्रवार, माघ १४ २०७८

  • 251
    SHARES

  • उड्डयन प्राधिकरणले ठोस कदम चाल्न नसक्दा १ अर्ब ८२ करोड बक्यौता उठाउन बाँकी

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, संघ–संस्था र कम्पनीसँग उठाउन बाँकी बक्यौता करिब दुई अर्ब रूपैयाँ पुगेको छ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्राधिकरणलाई सो बक्यौता उठाउने कार्यायोजना बनाएर पेश गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।

    प्राधिकरणले समितिलाई बुझाएको विवरणअनुसार स्वदेशी तथा विदेशी निकाय, संघसंस्थाले प्राधिकरणलाई १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ बुझाउन बाँकी रहेको देखिएको छ ।

    यसमा विगत लामो समयदेखि बन्द रहेका वायुसेवा कम्पनीहरुको बक्यौता रकम ठूलो छ । प्राधिकरणले बेलाबेला सूचना निकालेर रकम तिर्न भनेपनि ठोस कदम चाल्न सकेको छैन । जसका कारण बक्यौता रकम हरेक वर्ष थप हुने गरेको हो ।

    समितिले कोभिड १९ को संकटका बेला भएको उद्धार उडानका दौरान विगतमा पर्यटन मन्त्रालयले बनाएको छानविन समितिको प्रतिवेदन संसदीय समितिमा पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

    यस विषयमा अहिले पर्यटन मन्त्रालयले पुनः अर्को समिति बनाएर छानविन गरिरहेको छ । खासगरी खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउन क्रममा बढी भाडा लिएको भन्दै मन्त्रालयले छानविन गरेपनि कारवाही नगरी प्रतिवेदन थन्काएको आरोप लागेको छ ।


    शुक्रवार, माघ १४ २०७८०२:१७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij