Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजदेखि टेकुमा पुनः कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु हुने

आजदेखि टेकुमा पुनः कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु हुने

  • मंगलवार, माघ ११ २०७८

  • 542
    SHARES

  • आजदेखि टेकुमा पुनः कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु हुने

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आज मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ।

    ‘७ दिनको लागि स्थगित गरिएकोमा काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी, काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले कोभिड-१९ विरुद्धको खोप अभियानको आवश्यकतालाई मध्यनजर गरी मंगलबारदेखि कोभिड १९ विरुद्धको नियमित खोप कार्यक्रम संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो।


    मंगलवार, माघ ११ २०७८०७:२५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij