Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

श्रीमानले घरभित्र पुरेको अवस्थामा महिलाको शव फेला

श्रीमानले घरभित्र पुरेको अवस्थामा महिलाको शव फेला

  • सोमवार, माघ १० २०७८

  • 565
    SHARES

  • श्रीमानले घरभित्र पुरेको अवस्थामा महिलाको शव फेला

    काठमाडौं – तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका ४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ।

    गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको छ। भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट रहेको र शव गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।

    उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोज तलास गरे पनि फेला पार्न सकेको थिएन। लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो ।

    सीताको हत्या घरायसी विवादको क्रममा उनका श्रीमान ५२ वर्षीय सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले बताए। श्रीमतीको हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याइएको प्रहरीले जनाएको छ।

    घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि सोमबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको जनाएको छ।


    सोमवार, माघ १० २०७८०२:२०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij