Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : देशभर वर्षा तथा हिमपातको सम्भावना

आजको मौसम : देशभर वर्षा तथा हिमपातको सम्भावना

  • सोमवार, माघ १० २०७८

  • 397
    SHARES

  • आजको मौसम : देशभर वर्षा तथा हिमपातको सम्भावना

    काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

    यस्तै, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    सोमवार, माघ १० २०७८०७:१६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij