Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा ओमिक्रानले डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्दैछः स्वास्थ्य मन्त्रालय

नेपालमा ओमिक्रानले डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्दैछः स्वास्थ्य मन्त्रालय

  • आइतवार, माघ ९ २०७८

  • 625
    SHARES

  • नेपालमा ओमिक्रानले डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्दैछः स्वास्थ्य मन्त्रालय

    काठमाडौं । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो जीन सिक्वेन्सिङको रिपोर्ट अनुसार नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट सक्रिय देखिएको छ ।

    पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो, जसमध्ये २८ वटामा ओमिक्रोन र बाँकी चारमा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

    मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीका अनुसार आमिक्रोनले विश्वव्यापी रुपमा डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गरे जस्तै नेपालमा पनि सोही अवस्था देखिएको छ ।


    आइतवार, माघ ९ २०७८०६:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij