Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना रोकथामका लागि जारी निर्देशन र मापदण्ड पालना गर्न राष्ट्रपतिको आग्रह

कोरोना रोकथामका लागि जारी निर्देशन र मापदण्ड पालना गर्न राष्ट्रपतिको आग्रह

  • शुक्रवार, श्रावण २३ २०७७

  • 599
    SHARES

  • कोरोना रोकथामका लागि जारी निर्देशन र मापदण्ड पालना गर्न राष्ट्रपतिको आग्रह

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नु आग्रह गरेकी छिन् ।

    शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको टोलीसँगको भेटमा उनले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी हुन् ।

    राष्ट्रपति भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले लकडाउनका कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा पनि चिन्ता व्यक्त गरेकी थिइन्।

    उपप्रधानमन्त्री पोखरेल नेतृत्वको टोलीले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उलेखक छ ।


    शुक्रवार, श्रावण २३ २०७७०८:४३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij