काठमाडौँ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने भएका छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।
शर्माको बुधबार निधन भएको थियो । उहाँका छोरा विदेशबाट आएपछि शनिबार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएका शर्मा ३० चैत २०५४ देखि ३० मङ्सिर २०५६ सम्म प्रधानन्यायाधीश रहुनुभएको थियो ।
सर्वोच्चले शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पु¥याएको उल्लेख गर्दै सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।