Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : देशभर बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसम : देशभर बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना

  • आइतवार, माघ ९ २०७८

  • 485
    SHARES

  • आजको मौसम : देशभर बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावनासमेत रहेको छ । अन्यत्र पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पनि केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आगामी सोमबारसम्म बदली, वर्षा र हिमपातको आकलन गरिएको छ ।


    आइतवार, माघ ९ २०७८०६:४१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij