Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

केएल राहुल आइपिएलको सबैभन्दा महंगा खेलाडी, राहुलले कति पाए ?

केएल राहुल आइपिएलको सबैभन्दा महंगा खेलाडी, राहुलले कति पाए ?

  • शनिवार, माघ ८ २०७८

  • 964
    SHARES

  • केएल राहुल आइपिएलको सबैभन्दा महंगा खेलाडी, राहुलले कति पाए ?

    पुराना आठ र नयाँ दुईसहित आइपिएलमा यसपटकदेखि १० टिमले सहभागिता हुने छ। नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन्।

    अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्नेछन्। आइपिएलका सबैभन्दा महंगा खेलाडी सनराइजर्स हैदरवादका केएल राहुल छन्। उनले अक्सनमा १७ करोड भारु पाएका छन्।

    उनीपछि मुम्बई इन्डियन्सका रोहित शर्माले १६ करोड पाएका छन्। दिल्ली क्यापिटल्सका ऋषभ पन्तको पनि १६ करोड नै रहेको छ। रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहलीको १५ करोड भारु रहेको छ।

    यसैगरी, चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनीको १२ करोड, कोलकता नाइट राइडर्सका आन्द्रे रसेल १२ करोड, राजस्थान रोयल्सका सन्जु सामसन १४ करोड, पञ्जाव किंग्सका मयंक अग्रवाल १२ करोड, अहमदाबादका हार्दिक पाण्ड्या र रसिद खानको १५–१५ करोड अक्सन मूल्य तोकिएको छ।


    शनिवार, माघ ८ २०७८०४:४८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij