Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ उपत्यकमा आजदेखि जोर–बिजोर प्रणाली, अत्यावश्यकीय सवारीमा लागु नहुने

काठमाडौँ उपत्यकमा आजदेखि जोर–बिजोर प्रणाली, अत्यावश्यकीय सवारीमा लागु नहुने

  • शनिवार, माघ ८ २०७८

  • 460
    SHARES

  • काठमाडौँ उपत्यकमा आजदेखि जोर–बिजोर प्रणाली, अत्यावश्यकीय सवारीमा लागु नहुने

    काठमाडौँ । कोरोना संक्रमण तीव्र भएपछि रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनको संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो ।

    काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो । प्रशासनले सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।

    आदेशानुसार अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई भने जोरबिजोर प्रणाली लागू हुने छैन । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोर बिजोर प्रणाली लागू नहुने उल्लेख छ ।

    त्यसैगरी, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाधरुपमा चल्न पाउने छन् । परिचयपत्रका आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

    यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।


    शनिवार, माघ ८ २०७८०९:१८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij