Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

  • शनिवार, माघ ८ २०७८

  • 767
    SHARES

  • गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

    गुल्मी । गुल्मीको ददल्कामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । हिजो साँझ जिल्लाको मुसिकोट नगरपालिका ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी घाइते भएका मुसिकोट–९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    सोही वडाका सवारी चालक २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया सविना विक र वर्ष ५४ का सन्तवीर विक गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

    घाइते २० वर्षीय प्रकाश विक र २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भइरेहेको प्रहरीले जनाएको छ । जिपमा ७ जना यात्रु सवार रहेका थिए । चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।


    शनिवार, माघ ८ २०७८०६:३६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij