Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कुन सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुदैन् ?

कुन सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुदैन् ?

  • शुक्रवार, माघ ७ २०७८

  • 943
    SHARES

  • कुन सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुदैन् ?

    काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागु हुँदैछ । सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्न आदेश जारी भइसकेको छ ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरले आज पुन अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारे स्पष्ट पारेको छ । औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागु हुने छैन ।

    यस्तै खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंछीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक बसेर सञ्चालन गर्न पाउनेछन् ।

    परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउनेछन् ।

    परिचयपत्रको आधारमा बैंक विमा, वित्तिय संस्था, वायूसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागु हुनेछैन ।

    सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागु हुने छैन ।

    khop.jpg


    शुक्रवार, माघ ७ २०७८०२:४९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij