Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पत्रकार विश्वकर्माको निधन प्रकरण छानविन गर्न युनिमीको माग

पत्रकार विश्वकर्माको निधन प्रकरण छानविन गर्न युनिमीको माग

  • शुक्रवार, माघ ७ २०७८

  • 477
    SHARES

  • पत्रकार विश्वकर्माको निधन प्रकरण छानविन गर्न युनिमीको माग

    काठमाडौँ । जिम्मेवार निकायको लापर्बाहीका कारण पत्रकार एल बी विश्वकर्माको निधन भएको भन्दै युनिमी नेपालले घटनाको छानविन गर्न माग गरेको छ ।

    निरन्तर काममा क्रियाशील पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु आफैमा लज्जाजनक र दुःखद भएको युनिमीको ठहर छ ।

    सञ्चार‚ मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीका अध्यक्ष गोविन्द धितालले शुक्रबार (आज) वक्तव्य प्रकाशित गर्दै अछाम घर भइ हाल काठमाडौँमा रहेर टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीवार उपचार नपाएर निधन भएको खवरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नु भएको छ ।

    “बिरामी भएपछि सिभिल अस्पतालमा गएको‚ अस्पतालले पिसिआर गर्नका लागि एक हजार रुपैयाँ मागेको तर पैसा नभएकाले पिसिआर नगरी घरमा फर्किएको र राती स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत संचार गृहको वेवास्ता तथा लापर्बाही स्पष्ट हुन्छ‚” वक्तव्यमा लेखिएको छ ।

    उहाँको निधनका बारेमा विभिन्न कोणबाट प्रश्नहरू उठेकाले तत्काल निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न पनि युनिमी नेपालले सरोकारवाला सबैसँग माग गरेको छ ।

    साथै पत्रकार विश्वकर्माको परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि युनिमी नेपालले अनुरोध गरेको छ ।


    शुक्रवार, माघ ७ २०७८०२:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij