Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले कोरोनाका बेला सञ्चालन भइरहेका विद्यालयलाई कारबाही गर्ने

काठमाडौं महानगरले कोरोनाका बेला सञ्चालन भइरहेका विद्यालयलाई कारबाही गर्ने

  • शुक्रवार, माघ ७ २०७८

  • 399
    SHARES

  • काठमाडौं महानगरले कोरोनाका बेला सञ्चालन भइरहेका विद्यालयलाई कारबाही गर्ने

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले काेराेना महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् ।

    कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गएकाे पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरि वैकल्पिक माध्यमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो ।

    सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नं १५ र १८ का  केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ । कामपा–१५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ । त्यस्तै कामपाकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ ।

    यस सन्दर्भमा महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले सार्वजनिक गरेको निर्देशन विपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिनुभएको छ । सुवेदीले भन्नुभयो, 'महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशन विपरीत शुल्क लिने बहानामा विद्यालय सञ्चालन गर्नु दण्डनीय छ ।'

    अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगेको छैन । बाह्र वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन बाँकी छ । 'महामारी बढिरहेको समयमा विद्यालय खोल्नु घातक छ, यो तत्काल रोक्नुपर्छ, अन्यथा कडा कारबाही हुन्छ', सुवेदीले भन्नुभयो, 'सरकारले भौतिकरूपमा मात्रै विद्यालय सञ्चालन नगर्न भनेको हो, यसअघिझै अनलाइनका माध्यमबाट विद्यालय सञ्चालन गर्न सकिन्छ । 

    अहिले काठमाण्डाै उपत्यका महामारीको केन्द्र बनेको छ । यहाँ दैनिक सात हजार सङ्क्रमित देखिन थालेका छन् । महामारी नियन्त्रण गर्न भन्दै लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगन गरिसकेको अवस्था छ भने गाडीमा पनि जोर–बिजोर प्रणली लागू गरिसकिए


    शुक्रवार, माघ ७ २०७८१०:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij