Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विवाह, ब्रतबन्ध र न्वारान गर्न परे उपत्यकामा अब सीडीओको अनुमति चाहिने

विवाह, ब्रतबन्ध र न्वारान गर्न परे उपत्यकामा अब सीडीओको अनुमति चाहिने

  • शुक्रवार, माघ ७ २०७८

  • 571
    SHARES

  • विवाह, ब्रतबन्ध र न्वारान गर्न परे उपत्यकामा अब सीडीओको अनुमति चाहिने

    काठमाडौं – कोरोनाको संक्रमणदर बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाई गरिएको छ । उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)को स्वीकृति अनिवार्य गरिएको छ ।

    बिहीबार उपत्यकाका सीडीओको बैठकले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन्।

    ललितपुरका सीडीओ घनश्याम उपाध्यायका अनुसार पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी उपस्थित हुनुपर्नेछ । यसरी उपस्थित हुने सबै खोप लगाएका हुनुपर्नेछ ।

    ‘विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ’, उपत्यकाका सीडीओले जारी गरेको आदेशमा भनिएको छ ।

    शुक्रबार मध्यरातदेखि उपत्यकाका निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणालीसमेत लागू भएको छ । यो निर्णयसँगै अब जोर गते जोर र बिजोर गते बिजोर सवारी साधन मात्र गुड्न पाउने छन् ।

    त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

    यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।


    शुक्रवार, माघ ७ २०७८०६:३९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij