Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सामूहिक बलात्कार प्रकरणमा तीन होटल सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा चलाउन सिफारीस

सामूहिक बलात्कार प्रकरणमा तीन होटल सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा चलाउन सिफारीस

  • बिहिवार, माघ ६ २०७८

  • 489
    SHARES

  • सामूहिक बलात्कार प्रकरणमा तीन होटल सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा चलाउन सिफारीस

    काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कमा सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना होटल सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । प्रहरीले सरकारी वकिल कार्यालयलाई रिपोर्ट बुझाउँदै १२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

    रिपोर्टमा ८ जनाविरुद्ध सामूहिक बलात्कार, एकजनाविरुद्ध बलात्कार र तीनजना होटल सञ्चालकलाई ‘मतियारी गरेको’ आरोपमा मुद्दा चलाउन सिफारिस गरिएको हो।

    प्रहरी रिपोर्टअनुसार एउटा होटलमा ६ जनाले, अर्कोमा दुईजनाले र तेस्रो होटलमा एकजनाले बलात्कार गरेका हुन् । सामूहिक बलात्कारमा संलग्नलाई पाँच वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ । आरोपीविरुद्ध आज नै मुद्दा दर्ताको तयारी भएको बताइएको छ ।

    सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया एक महिलालाई ९ जनाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । फरक फरक होटलमा लगेर महिलालाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा–६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ रारा–११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष लाई पक्राउ गरेको छ ।

    बलात्कारको आरोपमा पक्राउ परेकाहरू वैदेशिक रोजगारमा जान हिँडेकाहरू रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले जानकारी दिए ।

    पीडित महिला आफैं प्रहरी सम्पर्कमा आएकी थिइन् । प्रहरीले नै ती महिलालाई अस्पताल पु¥याएको थियो ।

    नयाँ बसपार्कमै रहेको प्रहरी बिटमा आफू माथि सामूहिक बलात्कार भएको उजुरी गरेकी महिलाले त्यो भन्दा धेरै सूचना दिन सकिनन् । प्रहरीले उनको अवस्था हेरेर थप केरकार गरेन ।

    नयाँ बसपार्कमा घटना भएको थाहा पाएको प्रहरीले कुन ठाउँमा यस्तो भएको र घटनामा कति संलग्न छन् भन्ने बारे जानकारी पाएको थिएन ।

    प्रहरीले बसपार्कमा भएका सबै सीसीटिभी फुटेज हेर्न सुरु ग¥यो । केही स्थानमा उनी एक पुरुषसँग देखिएपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भयो । त्यसपछि प्रहरीले होटेल पत्ता लगायो । होटेल पत्ता लागिसकेपछि बलात्कारमा संलग्नहरू पक्राउ गर्न प्रहरीलाई थप सहज भयो ।

    अनुसन्धान पछि घटनामा नौ जना संलग्न रहेको पत्ता लगाएको प्रहरीले अरोप लागेकाहरू मध्ये सात जनालाई पक्राउ गरेको हो ।

    सुरुमा एक जनाले महिलालाई होटेलमा लगेर गएको र त्यसपछि अर्को एक जनालाई फोन गरेर बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    भोलिपल्ट अर्थात् १३ गते महिलालाई अर्को होटेलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

    महिलाले आफ्नो घर बताएको ठाउँ र पक्राउ परेका व्यक्तिहरुको ठाउँ फरक जिल्ला भए पनि एउटै प्रदेश हो । उनीहरूबीच कसरी सम्पर्क भयो भन्ने बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    बिहिवार, माघ ६ २०७८०४:२४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij