Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१६ जना सङ्क्रमित भएपछि बेहुलालाई पर्यो आपत, छ लाख जरिवाना

१६ जना सङ्क्रमित भएपछि बेहुलालाई पर्यो आपत, छ लाख जरिवाना

  • बिहिवार, आषाढ १८ २०७७

  • 594
    SHARES

  • १६ जना सङ्क्रमित भएपछि बेहुलालाई पर्यो आपत, छ लाख जरिवाना

    काठमाडौँ – भारतको राजस्थानमा वैवाहिक कार्यक्रम सम्पन्न गरेको परिवारले अप्रत्याशित रुपमा अतिरिक्त खर्च गर्नुपरेको छ । विवाहमा पाहुनाको रुपमा आएका १६ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएकोमा एक जनाको मृत्यु भयो ।

    स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले सुरक्षा कानूनको उल्लङ्घन गरेको ठहर गर्दै बेहुलाको परिवारलाई छ लाख जरिवाना तिर्नुपरेको उल्लेख गरेको छ। कोरोना सङ्क्रमको बेला वैवाहिक कार्यक्रममा अधिकतम ५० जना पाहुना सहभागी हुन पाउने व्यवस्था गरिएको छ । तर उक्त उत्सवमा कम्तीमा एक हजार पाहुना सहभागी भएका थिए ।

    बेहुलाको परिवारले सङ्क्रमित १५ जना र क्वारेन्टाइनमा रहेका ६० जनाको उपचार खर्च तिर्नुपर्नेछ । जसमा आइसोलेसन वार्ड र अन्य सेवामा लाग्ने खानासहित खर्चसमेत जोडिनेछ ।

    यसअघि गत साता मात्रै भारतको बिहार राज्यमा एक विवाह उत्सवमा सहभागी एक सय जना पाहुनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लक्षण देखिएको बेहुलीको भने विवाह भएको भोलिपल्टै मृत्यु भएको थियो ।


    बिहिवार, आषाढ १८ २०७७०३:३७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij