Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

  • बुधवार, माघ ५ २०७८

  • 886
    SHARES

  • मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

    जनकपुर – मधेस प्रदेशमा आज बुधबार पनि सार्वजनिक बिदा दिइएको छ । मधेश बलिदानी दिवसको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो ।

    प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो ।

    मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।

    मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

    प्रदेश सरकारले यसवर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ । यस वर्षको कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहिद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए ।

    राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री मंगलबार नै राजविराज पुगिसकेका छन् ।

     


    बुधवार, माघ ५ २०७८०७:१४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij