Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पश्चिमी वायुको सामान्य प्रभाव, दिनभरको मौसम कस्तो रहला ?

पश्चिमी वायुको सामान्य प्रभाव, दिनभरको मौसम कस्तो रहला ?

  • मंगलवार, माघ ४ २०७८

  • 791
    SHARES

  • पश्चिमी वायुको सामान्य प्रभाव, दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    जसका कारण प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदली भएको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले मंगलबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ।

    आगामी २४ घण्टामा देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहको जनाएको छ।

    अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

    हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

     

     
     


    मंगलवार, माघ ४ २०७८०६:५८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij