Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images
आजको मौसम

अधिकांश भू–भागमा बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

अधिकांश भू–भागमा बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

  • सोमवार, माघ ३ २०७८

  • 660
    SHARES

  • अधिकांश भू–भागमा बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावका कारण हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको महाशाखाको भनाइ छ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    यस्तै, राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    सोमवार, माघ ३ २०७८०६:२९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij