काठमाडौं । कोरोनाका कारण यो वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन ललितपुर पाटनको कृष्ण मन्दिर बन्द हुने भएको छ । श्रीकृष्ण जन्माष्टमी आगामी मंगलबार साउन २७ गते परेको छ ।
ललितपुर महानगरपालिका र मंगलबजारको मंगल टोलसुधार समितिको बिहीबार बसेको बैठकले कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो । कृष्ण जन्माष्टमीका दिन कृष्णमन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्छ ।
कोरोनाका कारण मन्दिर बन्द गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रशासन प्रमुख श्रीभद्र ओझा र मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
यस दिन आआफ्नो घरभित्र पूजा गरी परम्परालाई निरन्तरता दिन उनीहरुले आग्रह गरेका छन् ।